न्युजिल्यान्डसँगको एकदिवसीय शृङ्खला इङ्ल्यान्डलाई

 भदौ ३०, २०८० शनिबार ६:३९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - न्युजिल्यान्डसँगको एकदिवसीय शृङ्खला इङ्ल्यान्डले जितेको छ ।

हिजो भएको चौथो तथा अन्तिम खेलमा इङ्ल्यान्ड एक सय रनले विजयी भयो । इङ्ल्यान्डले चार खेलको शृङ्खला तीन–एकले जितेको हो ।

लर्ड्समा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै तीन सय ११ रन बनाएको थियो । उसका डेविड मलानले एक सय २७ रनको शतकीय पारी खेले ।

जितका लागि तीन सय १२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३८ ओभर २ बलमा दुई सय ११ रनमा अलआउट भयो । उसका रचिन रभिन्द्रले ६१ रन बनाए ।

पहिलो खेलमा न्युजिल्यान्ड ८ विकेटले विजयी भएको थियो । दोस्रो र तेस्रो खेल घरेलु टोली इङ्ल्यान्डले जितेको थियो ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया