नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – इन्जिनमा समस्या आउँदा दुई महिनादेखि थन्किएको नेपाल एअरलाइन्सको न्यारोबडी जहाज नाइन एन एकेएक्स जहाज मर्मतका लागि आज आइतवार इजरायल जाने भएको छ ।
इन्जिनको वोरोस्कोपमा समस्या आउँदा गएको असार ३१ गतेदेखि थन्किएको जहाज आज लिजसहितको इन्जिन मर्मतका लागि इजरायल जाने र आउँदो असोजको ५ गते नेपाल आइपुग्ने नेपाल वायु सेवा निगमले जनाएको छ । निगमले इजरायल एरोस्पेस इन्डस्ट्रिजसँग सम्झौता गरिसकेको छ ।
निगमका जहाज पटक–पटक बिग्रने तर तत्कालै मर्मत नहुँदा करोडौँ रुपैयाँ नोक्सानी हुँदै आएको छ । पछिल्लो २० महिनामा निगमका दुई वटा न्यारोबडी जहाज दुई सय २२ दिन ग्राउन्डेड भएका छन् । यी जहाजको मर्मतमा डेढ अर्ब रुपैयाँ खर्च भइसकेको छ भने साढे दुई अर्ब रुपैयाँ आम्दानी गुमेको निगम स्रोतले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।