विराटनगरमा २ महिनाका लागि निषेधित क्षेत्र घाेषणा

 भदौ ३१, २०८० आइतबार १९:१८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जरुरी सूचना निकालेर भोलि साेमवार बिहान ६ बजेदेखि सर्वसाधारण तथा गाडी आवातजावातबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नालगायतका गतिविधि गर्न रोक लगाएको जानकारी गराउनुभएको हो ।

सूचनामा विराटनगरमा रहेको प्रदेश सभा, मुख्यमन्त्री कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय तथा निवास, जिल्ला प्रशासन कार्यालयलगायतको आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

कोशी प्रदेशको नामकरणको विषयलाई लिएर पहिचानवादीहरूले आन्दोलन गर्दै आएका छन् । उनीहरूले संविधान दिवसको अवसर पारेर विराटनगरमा प्रदर्शनको तयारी गरेका बेला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको हो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया