२ महिनामा काठमाण्डौ महानगरले १ अर्ब १७ करोड रुपैयाँभन्दा धेरै आम्दानी गर्‍याे

सबैभन्दा धेरै घरबहाल करबाट ५२ करोड ३५ लाख रुपैयाँ उठायो

 असोज १, २०८० सोमबार १५:१७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको दुई महिनामा काठमाण्डौ महानगरपालिकाले एक अर्ब १७ करोड रुपैयाँभन्दा धेरै आम्दानी गरेको छ ।

साउन र भदौमा गरेर एक अर्ब १७ करोड १३ लाख ७५ हजार रुपैयाँ आम्दानी भएको काठमाण्डौ महानगरले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २४ करोड रुपैयाँभन्दा धेरै हो । गएको आर्थिक वर्षको साउन र भदौमा ९३ करोड ४१ लाख रुपैयाँ आम्दानी भएको छ ।

काठमाण्डौ महानगरको आम्दानीको सबैभन्दा ठूलो हिस्सा घरबहाल करको रहेको छ । दुई महिनामा घरबहाल बापत महानगरले ५२ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै २५ करोड ३१ लाख सम्पत्ति कर, नक्सा पास दस्तुर १४ करोड ३६ लाख, व्यवसाय रजिस्ट्रेशन दस्तुर १३ करोड ७७ लाख, पर्यटन शुल्क एक करोड ५५ लाख, सिफारिस दस्तुर एक करोड ३२ लाख र अन्य सेवा शुल्क शीर्षकमा पाँच करोड ९२ लाख रुपैयाँ आम्दानी भएको छ ।

महानगरले चालु आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया