नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – सुनसरीको दुहवी नगरपालिकाले पढाइ रोकेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
दुहवीका मेयर वेदनारायण गच्छदारले आज साेमवार विज्ञप्ति निकालेर कानुन विपरीत विद्यालयमा नियमित पठनपाठन अवरोध गरेको पाइएमा दुहवी नगरपालिका शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार कडा कारबाही गरिने चेतावनी दिनुभएको छ ।
सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विद्यालय शिक्षा ऐन २०८० को सन्दर्भलाई लिएर शिक्षकहरूले आन्दोलनको घोषणा गरेका छन् । कानुनतः विद्यालय बिदा हुने दिनबाहेक सधैँ झै नियमित उपस्थित भएर पठनपाठन निरन्तर सञ्चालन गर्न/गराउन नगरपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारीहरूमा यो निर्देशन जारी गरिएको र यो निर्देशनको अवज्ञा गरेमा कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।
शान्तिपूर्ण आन्दोलन गर्ने र आफ्ना मागहरू सम्बन्धित निकायसमक्ष राख्ने छुट तथा अधिकार सबैलाई भएको तर आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन भएको छ/छैन भन्ने विषय ख्याल गर्नुपर्ने मेयर गच्छदारले बताउनुभएको छ । बालबालिकाको सिकाइमा नै बाधा उत्पन्न हुने गरी विद्यालय बन्द, हडताल गर्नु कदापि स्वीकार्य नहुने उहाँले उल्लेख गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।