संयुक्त राष्ट्र सङ्घको महासभामा दिगो विकाससम्बन्धी छलफल शुरु

 असोज २, २०८० मंगलबार ६:४७:१४ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्रसङ्घको महासभामा दिगो विकाससम्बन्धी छलफल शुरु भएको छ । अमेरिकाको न्युयोर्कमा भेला भएका विश्वभरिका नेताहरूले अन्तर्राष्ट्रिय विकास र जलवायु परिवर्तनको सामना गर्ने विषयबारे छलफललाई केन्द्रित गरेका छन् ।

महासभामा दिगो विकाससम्बन्धी सत्र शुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो सम्मेलनमा सहभागी देशहरूले राष्ट्रसङ्घको दिगो विकास लक्ष्य कसरी हासिल गर्ने भन्नेबारे छलफल गर्नेछन् । यसमा विश्वको भोकमरी र गरिबी कसरी अन्त्य गर्ने, आयस्रोत र शिक्षामा सुधार कसरी हासिल गर्ने जस्ता विषय पर्छन् ।

स्वच्छ पानी र सरसफाइमा पहुँच पनि यसमा समावेश हुने अर्को विषय हो । महासभामाको मुख्य छलफल सेप्टेम्बर २३ सम्म निरन्तर हुनेछ । महासभा हरेक वर्षको सेप्टेम्बर महिनामा राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आयोजना हुन्छ । यो वर्ष महासभा सेप्टेम्बर ५ तारिखमा शुरु भएको हो । तर विश्वका प्रायजसाे नेताहरू भने मुख्य बैठकका लागि उपस्थित भएका छन् ।

न्युयोर्कमा रहेको सङ्गठनको मुख्यालयमा आयोजित ७८औँ महासभामा १ सय ४० भन्दा धेरै राष्ट्र र सरकार प्रमुख सहभागी छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया