कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा राति ठूलो पानी पर्ने सम्भावना

 असोज ३, २०८० बुधबार ९:४२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आज कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

राति कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । राति ठूलो वर्षा हुने ठाउँका नदी तथा खोलामा बाढी आउने चेतावनी दिइएको छ ।

यस्तै, पहिरोको जोखिम समेत रहेकाले सावधानी अपनाउन महाशाखाको अनुरोध छ । यस्तै, आज पनि ठाउँ ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना रहेकाले खेतबारीको काम गर्दा र यात्रा गर्दा सचेत हुन मौसमविद्को सुझाव छ। 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया