नियमित पठनपाठन गराउन हुम्लाकाे नाम्खा गाउँपालिकाकाे निर्देशन

 असोज ३, २०८० बुधबार १७:५५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्ला – हुम्लाको नाम्खा गाउँपालिकाले पालिका मातहतका विद्यालयलाई नियमित पठनपाठन गराउन निर्देशन दिएको छ । 

गाउँपालिकाले एउटा सूचना निकालेर सार्वजनिक बिदाका दिनबाहेक अन्य दिनमा नियमित पठनपाठन गराउन मावि, निमावि र आधारभूत विद्यालयलाई निर्देशन दिएको हो ।

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको सेवा, सुरक्षा र वृत्ति विकास लगायतका हकहितका विभिन्न महत्त्वपूर्ण विषयमा भएको अस्पष्टताविरुद्ध देशभरका विद्यालय बन्द गरेर शिक्षकहरूले आन्दोलन गर्न थालेपछि विद्यालय बन्द नगर्न गाउँपालिकाले सूचना निकालेको हो ।

शिक्षकले उठाएका विभिन्न माग र आवाज एकदमै यथार्थपरक तथा जायज भए पनि बालबालिकाको अध्ययन गर्न पाउने नैसर्गिक अधिकारलाई ध्यानमा राखी पठनपाठनको कार्यलाई गम्भीरतापूर्वक लिन विज्ञप्तिमा भनिएकाे छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया