प्याराग्लाइडिङ विश्वकप : दोस्रो चरणका खेल सकियो

 कात्तिक १६, २०७५ शुक्रबार १९:२७:४१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जामा चलिरहेको प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८ शुक्रबार दोस्रो चरणका खेलहरु सकिएका छन् । 

दोस्रो चरणका खेल सकिँदा १ सय ४० फ्लाइट भएका छन् । वर्ल्डकपको लागि नाम दर्ता गराएका ९८ जना खेलाडीमध्ये ७० जना मात्रै  प्रतियोगिताको लागि भाग लिन योग्य भएका जिल्ला पर्यटन समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । ६ चरणका खेल हुने प्रतियोगिता आइतबारसम्म चल्नेछ । ६ वटै चरणका अंकहरु जोड गरी विजेता चयन गरिनेछ ।

विश्वकप नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकुद संस्था र बाबु एडभेन्चर क्लब स्याङ्जाको आयोजना तथा जिल्ला समन्वय समिति स्याङ्जा तथा स्याङजाका ११ वटै स्थानीय तहको संयोजकत्वमा आयोजना भएको हो ।

दाेस्राे चरणकाे खेल सकिँदा शीर्ष २० मा रहेका खेलाडीहरुभिरकोट नगरपालिका–५, माहापुरस्थित स्वरेक मैदानबाट उडेका प्याराग्लाइडर वालिङ नगरपालिका–११ डौवा फाँटको तोकिएको घेरा भित्र उत्रनेछन् । खेलको निर्णयको लागि स्वदेशी र विदेशी गरी २० जना निर्णायकहरु खटिएका छन् । 

महिलातर्फ एकल, महिला र पुरुष गरी कूल चार इभेन्ट्स हुने प्रतियोगितामा १४ गोल्ड मेडल, १४ रजत तथा १४ कास्य पदक प्रदान गरिनेछ ।

प्रतियोगिताका विजयी टिमतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्नेछन् । व्यक्तिगततर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् । प्रतियोगिताको बजेट करिब १ करोड ६० लाख रुपैयाँको हुने प्रतियोगिताका संयोजक शैलेन्द्रले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया