टर्कीमा सात महिनामा ३ करोड ३४ लाख पर्यटक पुगे, अघिल्लो वर्षकोभन्दा झण्डै १४ प्रतिशत वृद्धि

 असोज ७, २०८० आइतबार ६:३४:५४ | एजेन्सी
unn.prixa.net

टर्कीमा बितेको सात महिनामा तीन करोड ३४ लाख पर्यटक पुगेका छन् ।

टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले गएको जनवरीदेखि अगष्ट महिनासम्मको विवरण सार्वजनिक गर्दै सात महिनामा तीन करोड ३४ लाख जनाभन्दा धेरै विदेशी पर्यटकले भ्रमण गरेका बताएको चिनियाँ सामाचारसंस्था सिन्ह्वाले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा १३ दशमलव ९५ प्रतिशतले धेरै हो ।

टर्कीमा पर्यटकीय क्षेत्र आर्थिक केन्द्रका रुपमा रहेको छ । अघिल्लो वर्ष अर्थात सन् २०२२ मा टर्कीमा पाँच करोड १४ लाख पर्यटक पुगेका थिए । यस वर्ष अब पर्यटकीय सिजन शुरु भएकोले यो सङ्ख्यामा राम्रो सुधार हुने अपेक्षा रहेको टर्कीले जनाएको छ ।

कोरोना महामारीबाट प्रभावित भएको टर्कीको पर्यटन व्यवसाय लयमा फर्किसकेको छ । टर्कीमा सबैभन्दा धेरै रुस, जर्मनी र बेलायतका नागरिकहरु घुम्न जाने गरेका छन् ।  

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया