बेलायत रोजगारीमा जान अन्तर्वार्ताका लागि ७१ जना नर्स छनोट
मंसिर १४, २०८० बिहिबार
बाग्लुङ - दुई दिनदेखिको निरन्तरकाे वर्षाका कारण मध्यपहाडी लोकमार्ग दुई तर्फी अवरुद्ध भएको छ। लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरमा रहेकाे कालापैराखोलामा आएको बाढीले बाग्लुङ–बुर्तिबाङ–पूर्वीरुकुम खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो ।
शनिवार हिजाे दिउँसोदेखि सडक अवरुद्ध भएपछि पूर्वीरुकुमदेखि काठमाण्डाै, पोखरा, बाग्लुङलगायतका ठाउँका लागि छुटेका मालवाहक तथा यात्रु बाेकेका गाडी सडकमै राेकिएका छन् । लोकमार्ग ठप्प हुँदा सयौँ यात्रु सडकमै अलपत्र परेका छन् । अहिले पानी पर्न केही कम भएकाले सडक खुलाउने प्रयास भइरहेको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिनुभयो ।
बाढीले करिब दुई सय मिटर कालोपत्र सडकमा क्षति पुर्याएको अध्यक्ष पौडेलको भनाइ छ । कानाबगर हुँदै ओखरेनी जोड्ने शाखा सडकमा पहिरो जाँदा कालापैरा खोलामा बाढी आएर सडक अवरुद्ध भएकाे पाैडेलले बताउनु भयाे । बुर्तिबाङ, बाग्लुङ, पोखरा, काठमाण्डाै र बुटवलदेखि निसी, भल्कोट हुँदै रुकुम जाने यात्रु कानाबगरमा रोकिएका छन्।
बर्खाका बेला याे सडक पटक पटक अवरुद्ध हँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।