तनहुँमा घरको छतबाट खसेर २२ महिनाको बालकको ज्यान गयाे

 असोज ९, २०८० मंगलबार ६:४१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिने बालकको ज्यान गएकाे छ ।

ज्यान गुमाउनेमा मनिष सापकोटा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा हिजाे पोखरामा ज्यान गएकाे हाे । तत्कालै उनलाई दमौली अस्पतालमा प्राथमिक उपचारपछि पोखरा पठाइएको थियो । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया