डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँस्न निर्देशन

 असोज १०, २०८० बुधबार १६:५०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्रालयले अस्पतालमा तोडफोड तथा डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै स्वास्थ्य संस्थामा सहजै देख्ने गरी राख्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले निकाल्नुभएको विज्ञप्तिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन २०७९ ले गरेको कसुर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरेर सूचना टाँस्न भनिएको छ । यस्तै गृह मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूमाथि भएका दुर्व्यवहारका घटनामा संलग्न दोषीलाई ऐन बमोजिम कारबाही गर्न पनि मातहतका निकायलाई निर्देशन दिएको छ ।

हिजो मङ्गलवार उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सरोकारवालाको छलफलले डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना स्वास्थ्य संस्थामा राख्ने र कुटपिट तथा तोडफोडमा संलग्नलाई कारबाही गर्ने सहमति भएको थियो ।

गृह मन्त्रालयले विज्ञप्तिमार्फत आन्दोलनमा रहेका स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन आह्वान पनि गरेको छ । तर डाक्टरहरूले भने दोषीमाथि कारबाही नभएसम्म आन्दोलन नरोक्ने भन्दै प्रदर्शनलाई जारी राखेका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया