चितवनको भरतपुरमा स्थानीय जातका गाई संरक्षण गर्न कोष स्थापना
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – पठन संस्कृति विकासका लागि साझा प्रकाशनले आयोजना गरेको पुस्तक प्रदर्शनी २०८० मा पाठकले उल्लेख्य उपस्थिति जनाएका छन् ।
असोज ७ गतेदेखि ललितपुरको पुलचोकमा रहेकाे साझा प्रकाशनको प्राङ्गणमा शुरु भएको प्रदर्शनीमा पाठक तानिएका हुन् । साझा प्रकाशनले पाठकका लागि प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्मको छुट दिएको छ ।
आजसम्म पाठक उल्लेख्य उपस्थित भएका र अझै २२ गतेसम्ममा धेरैले उपस्थिति जनाउने अपेक्षा आफूहरूको रहेको साझा प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले बताउनुभयो । उहाँले प्रदर्शनीमा यस पटक भैरवबहादुर थापाको अल्फा साइन्स (नाट्य व्याकरण) नयाँ पुस्तकका रूपमा रहेको र बाबुराम आचार्यले लेख्नुभएको पृथ्वीनारायण शाहको जीवनीलाई पुनःमुद्रण गरेर प्रदर्शनीमा राखिएको बताउनुभयो ।
घिमिरेले प्रदर्शनी स्थललाई व्यवस्थित गर्दै लगेको र पाँच सयभन्दा बढी विधाका पुस्तक प्रदर्शनीमा राखिएको जनाउनुभयाे । उहाँले पहिला आख्यानहरू धेरै बिक्री हुने गरे पनि अहिले पुराना र इतिहासको पुस्तकप्रति पाठकको रुचि बढ्दै गएको बताउनुभयो । देशभर गरेर ४० लाख रुपैयाँसम्मको पुस्तक बिक्री हुने उहाँकाे अनुमान छ ।
प्रदर्शनीमा आउनुभएका शरद् प्रधानले कतिपय पुस्तक पुनः प्रकाशनमा ल्याउनुपर्ने माग गर्नुभयो । उहाँले साहित्य र इतिहासलाई पाठ्यपुस्तकमा राखेर नपढाएका कारण विद्यार्थीमा साहित्यप्रतिको चाहना घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
साझा प्रकाशनले पुस्तक टिकाउन समस्या रहेको उल्लेख गर्दै पुराना पुस्तक जोगाएर राख्न सक्नुपर्ने बताएको छ । पुराना पुस्तकमा पाठकको चाहना बढेकाले पुराना पुस्तक बचाएर राख्नुपर्ने कर्तव्य र जिम्मेवारी आफूहरूको भएको निमित्त महाप्रबन्धक घिमरिले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।