इन्द्रजात्रा हेर्न राष्ट्रपतिसहित 'भीआईपी' हिँडेरै वसन्तपुर पुगे (तस्बिरहरू)

 असोज ११, २०८० बिहिबार १६:२५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पाैडेल इन्द्रजात्रा हेर्न वसन्तपुर पुग्नुभएकाे छ । उहाँ आज बिहीवार न्युराेडकाे जुद्धशम्शेरकाे शालिकबाट हिँडेर वसन्तपुर पुग्नुभएको हाे ।

वर्षा र सहकालका देवता इन्द्रकाे पूजा गरी मनाइने इन्द्रजात्रा राष्ट्रपतिले हेर्ने चलन छ । राष्ट्रपतिलाई काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनिता डङ्गाेलले स्वागत गर्नुभएकाे थियाे ।

इन्द्रजात्रा हेर्न राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत वसन्तपुर पुग्नुभएकाे छ ।

काठमाण्डाै महानगरले सम्पदा क्षेत्रमा गाडी प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै राष्ट्रपतिसहित अन्य उच्च पदस्थ व्यक्ति जुद्ध शालिकबाट हिँडेरै वसन्तपुर पुगेका थिए । यसअघि राष्ट्रपतिसहित 'भीआईपी' काे गाडी वसन्तपुरसम्मै पुग्ने गरेकाे थियाे ।

तस्बिर : रासस

अन्तिम अपडेट: कात्तिक १९, २०८०

तपाईको प्रतिक्रिया