इन्द्रजात्रा हेर्न हिँडेरै वसन्तपुर पुग्ने राष्ट्रपतिसहित 'भीभीआईपी' प्रति मेयर शाहकाे आभार

 असोज ११, २०८० बिहिबार १८:५२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरकाे अनुराेध स्वीकार गरेर इन्द्रजात्रा हेर्न राष्ट्रपतिसहित अन्य विशिष्ट व्यक्ति पैदलै वसन्तपुर पुगेकाेमा आभार व्यक्त गर्नुभएकाे छ ।

आज बिहीवार इन्द्रजात्रा हेर्न राष्ट्रपति रामचन्द्र पाैडेलसहित अन्य विशिष्ट व्यक्ति न्युराेडकाे जुद्धशम्शेरकाे शालिकबाट हिँडेर वसन्तपुर पुगेकाे थिए । मेयर शाहले सामान्यजस्ताे लागे पनि काठमाण्डाैका सम्पदा संरक्षणमा याे अर्काे फड्काे भएकाे बताउनुभएकाे छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘राष्ट्रपति, अन्य विशिष्ट अतिथिहरूले काठमाण्डाै महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको 'नो भेहकल जोन' (गाडी निषेधित क्षेत्र) मा गाडी प्रवेश गराइदिनु भएन । उहाँहरूले जुद्ध शालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भयाे । हामीलाई विश्वास छ, यसबाट राष्ट्रपति, अन्य विशिष्ट अतिथिहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ । सामान्यजस्तो लागे पनि काठमाण्डाैका सम्पदा संरक्षणमा यो अर्को फड्को हो । हाम्रो अनुरोधको परिवर्तनलाई स्वीकार गरिदिनु भएकोमा आभारी छौँ । हाम्रो सम्पदा, हाम्रो पहिचान ।’

तस्बिर : मेयर शाहकाे फेसबुकबाट

अन्तिम अपडेट: असोज २०, २०८०

तपाईको प्रतिक्रिया