एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

 असोज १२, २०८० शुक्रबार ६:२६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप अघिका अभ्यास खेल आजदेखि शुरु हुँदैछन् । आज तीन वटा खेल हुनेछन् ।

नेपाली समय अनुसार दिउँसो सवा दुई बजे पाकिस्तान र न्युजिल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिका तथा बङ्लादेश र श्रीलङ्काबीच आज खेल हुनेछ ।

हैदराबादमा हुने पाकिस्तान र न्युजिल्यान्डबीचको खेलमा दर्शकलाई सहभागी नगराइने भएको छ । सुरक्षाको कारणले पाकिस्तानको पहिलो अभ्यास खेल बन्द रङ्गशालामा खेलाउन लागिएको बीसीसीआईले जनाएको छ ।

गुवाहाटीमा हुने बङ्लादेश र श्रीलङ्काबीचको खेल तथा थिरुभाननथापुरममा हुने दक्षिण अफ्रिका र अफगानिस्तानबीचको अभ्यास खेलमा भने दर्शक हुनेछन् ।

१३औँ संस्करणको विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतका विभिन्न सहरमा हुँदैछ । प्रतियोगितामा सहभागी १० देशहरु अन्तिम तयारीमा व्यस्त छन् । विश्वकप शुरु हुनुअघि सहभागी १० वटै टोलीले अभ्यास खेल खेल्नेछन् ।

आईसीसीले विश्वकप अघि सबै टोलीलाई दुई—दुईवटा अभ्यास खेलको व्यवस्था गरेको छ । सबै अभ्यास खेल अक्टोबर ३ तारिखमा सकिनेछन् । त्यसपछि अक्टोबर ५ तारिखदेखि विश्वकप शुरु हुनेछ । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया