एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै गएका छन् । सङ्क्रमण जोखिम अझै एक महिना उच्च रहेकाले सावधानी अपनाउन अनुरोध समेत गरिएको छ ।
लामखुट्टेकाे टोकाइबाट सर्ने डेङ्गी रोग यस वर्ष पनि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा देखिएको छ । स्वास्थ्य मन्त्रालयले हरेक शुक्रवार बिहान साढे १० बजे सार्वजनिक कार्यालय हाताभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।
त्यस्तै, पालिकामा पनि डेङ्गी नियन्त्रण र रोकथामका प्रयास भए पनि प्रभावकारी हुन सकेको छैन । मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार देशका ७६ जिल्लामा गरी यसवर्ष ३२ हजार ८ सय ९७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकोमा २० जनाले ज्यान गुमाएका छन् । यसवर्ष उच्च प्रभावित पाँच जिल्ला सुनसरी, झापा, धादिङ, मोरङ र तनहुँ रहेका छन् । त्यसमा पनि १६ हजारभन्दा धेरै सुनसरीमा सङक्रमित भएका छन् । काठमाण्डौका तीन जिल्लामा पनि सङ्क्रमण जोखिम छ ।
काठमाण्डौ महानगरपालिकाले डेङ्गी सङ्क्रमणका बिरामी बढेपछि आवश्यक सावधानी अपनाउन आग्रह समेत गरेको छ । विगत एक हप्तादेखि ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका महानगरको स्वास्थ्य विभागले जनाएको छ ।
महानगरको स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो हप्तासम्म डेङ्गीका बिरामी नगन्य थिए तर अहिले बिस्तारै बिरामी बढिरहेका छन् ।
डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि महानगरले यस वर्ष पहिलो पटक बायो लार्विसाइड औषधि सबै वडामा छर्केर नियन्त्रण गर्ने प्रयास गरे पनि पछिल्लो समय भने डेङ्गी सङ्क्रमणका बिरामी बढिरहेका प्रमुख पौडेलको भनाइ छ । तथ्याङ्कअनुसार अहिले काठमाण्डौ महानगरका विभिन्न वडामा गरी ३५ जना सङ्क्रमित छन् ।
महानगरका सबै वडामा हरेक हप्ताको बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म डेङ्गी सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान चल्दै आएको छ । लामखुट्टेको टोकाइबाट जोगिन काम गर्दा पूरा बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, झुल टाँगेर सुत्न विज्ञको सुझाव छ ।
डेङ्गी लागेमा ज्वरो आउने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, टाउको, पेट, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने जस्ता लक्षण देखिन्छ ।
अघिल्लो वर्ष सन् २०२२ मा ५४ हजार ७८ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि हुँदा ८८ जनाको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।