सुर्खेतको उषा बालबाटिका विद्यालयको छात्रावासमा ८ वर्षका बालक मृत भेटिए

 असोज १३, २०८० शनिबार १४:२५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुर्खेत वीरेन्द्रनगरको एक निजी विद्यालयको छात्रावासमा ८ वर्षीय बालक मृत भेटिएपछि अवस्था तनावग्रस्त बनेको छ । वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको कक्षा दुई मा पढ्ने र होस्टेलमै बस्ने आठ वर्षका सलाम पुलासी मृत भेटिएका हुन ।

उनको घर दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ रहेको प्रहरीले जनाएको छ । गएराति उनी छात्रावासकै कोठामा झुण्डिएको अवस्थामा देखेपछि अरु विद्यार्थीले विद्यालय प्रशासनलाई खबर गरेका थिए ।

बालकको मृत्युको विषयलाई लिए स्थानीय र आफन्तले छात्रावास तोडफोड र आगजनी गरेका छन् । उनीहरुले घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग गरेका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । प्रहरीले विद्यालयका  सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया