पेट्रोलियम पदार्थको भाउ फेरि बढ्याे, ग्यास प्रतिसिलिन्डर २१ सय १० रुपैयाँ पुग्यो

 असोज १३, २०८० शनिबार २२:१४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थकाे भाउ बढाएको छ।
आज राति १२ बजेदेखि लागू हुने गरी आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ बढाएको हो । 

निगमले पेट्रोल लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको छ। त्यस्तै खाना पकाउने ग्यासको भने प्रतिसिलिन्डर दुई सय १५ रूपैयाँ बढेको छ । हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

यो क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ८२ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल एक सय ७६ रूपैयाँ ५० पैसा पर्नेछ। 

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ८४ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल एक सय ७८ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ८५ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल एक सय ७९ रूपैयाँ पर्नेछ।

खाना पकाउने ग्यासको भाउ भने देशभर नै प्रतिसिलिन्डर  २१ सय १० रूपैयाँ  पर्नेछ।

त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा एक सय ७६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ७८ रुपैयाँ र तेस्रो वर्गमा एक सय ७९ रुपैयाँ प्रतिलिटर पर्नेछ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया