नयाँ दिल्लीमा रहेको अफगानिस्तानको दूतावास आजदेखि बन्द

 असोज १४, २०८० आइतबार ६:४४:४२ | एजेन्सी
unn.prixa.net

नयाँदिल्लीमा रहेको अफगानिस्तानको दूतावास आजदेखि बन्द भएको छ । भारत सरकारको असहयोगका कारण काम बन्द गर्नुपरेको दूतावासका एक सञ्चार अधिकृतलाई उद्धृत गरी रोयटर्सले जनाएको छ ।

सन् २०२१ को अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि अफगान सरकारको प्रतिनिधित्व गरेका धेरैजसो कुटनीतिक कर्मचारी स्वदेश फर्किएको महिनौँ भएको छ । रिक्त स्थानमा नयाँ नियुक्ति गरिएको छैन । भारतले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिएको छैन ।

तालिबान सरकार सत्तामा फर्किएपछि भारत सरकारले आफ्नो कुटनीतिक उपस्थिति पनि जनाएको छैन । यसअघि नै भारतीय विदेश मन्त्रालयलाई एक पत्र पठाएर अफगानिस्तानको दूतावासले कुटनीतिक व्यवहार र संरचनागत सहयोगको अभावमा दूतावास बन्द गर्नुपर्ने अवस्था आएको जानकारी गराएको थियो ।   

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया