६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - बाहिरिने समयमा मनसुन फेरि सक्रिय भएको छ । गएरातिदेखि देशका केही ठाउँमा पानी परिरहेको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले कोशी र कर्णाली प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।
आज देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । भोलि र पर्सि भने ठूलो पानी पर्ने मौसमविद् अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा परेको छ । यसकै कारण कोशी, मधेस, बाग्मती, लुम्बिनी, गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
यस्तै, यो प्रणालीसँगै स्थानीय वायुको प्रभाव मिसिँदा केही ठाउँमा एकैछिनमा आरीघोप्टे वर्षासमेत हुने मौसमविद् अधिकारीले बताउनुभयो । केही दिन अघिसम्म मनसुन कमजोर थियो । जसले गर्दा खासै पानी परेको थिएन । तर, अस्ति शुक्रवारदेखि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही ठाउँमा आरीघोप्टे वर्षा भइरहेको छ । अबको तीन दिन मौसम यस्तै रहने सम्भावना रहेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । आफूले यात्रा गर्ने बेला सडकको अवस्था र मौसमसम्बन्धी जानकारी लिन मौसमविद्ले सुझाव दिएका हुन् ।
बाढी पहिरोको जोखिम बढेकाले भिरालो जमिन, खोला तथा नदी आसपासका क्षेत्रमा बसोबास भएकालाई उच्च सतर्कता अपनाउन पनि मौसमविद्काे आग्रह छ । यसपालि मनसुन ढिलो गरी बाहिरिने भएको छ । सामान्यतया नेपालबाट अक्टोबर दुई तारिख अर्थात् भोलि मनसुन बाहिरिने गर्छ । तर, यसपालि अन्तिमतिर मनसुन फेरि सक्रिय भएको छ ।
नेपालमा गएको जेठ ३१ गते मनसुन भित्रिएको थियो । सामान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रने गर्छ । तर यसमा एक/दुई दिन तलमाथि हुने गरेको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरी नेपाल भित्रिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।