१९ वर्षमुनिकाे एशिया कप : श्रीलङ्काले नेपाललाई दियाे २ सय ३४...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । २३ जना घाइते भएका छन् । हिजो दिउँसो सप्तरीको राजविराजबाट जनकपुरका लागि छुटेको ना ४ ख ७१८७ नम्बरको बस दुर्घटना भएकाे हाे ।
दुर्घटनामा बसका सहचालक समेत रहेका धनुषाको जनकपुर उपमहानगरपालिका–२० का ५३ वर्षीय अनिलकुमार झा र मिर्चैया–२ का ४० वर्षीय राजकुमार सदाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बस चालक पक्राउ परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।