स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड विजयी, बार्सिलोना ग्रानडासँग बराबरीमा रोकियो

 असोज २२, २०८० सोमबार ७:२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा एथ्लेटिको मड्रिडले रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै एथ्लेटिको मड्रिड चौथो स्थानमा उक्लिएको छ । उसले १९ अङ्क जोडेको छ । रियल सोसिडाड भने १५ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा बार्सिलोना ग्रानडासँग बराबरीमा रोकिएको छ । यी दुईले २–२ गोलको बराबरी खेलेका हुन् । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बार्सिलोनाका लामिन यमलले गोल गरे । यस्तै, ८५औँ मिनेटमा सर्जी रोबर्टाेले गोल गर्दै बार्सिलोनाको हार टारेका थिए ।

बार्सिलोना २१ अङ्क जोडेर तेस्रो स्थानमा छ । शीर्षस्थानको रियल मड्रिडको २४ अङ्क छ । ग्रानडा १९औँ स्थानमा छ । यस्तै, सेल्टा डि भिगो र गेटाफेले २–२ गोलको बराबरी खेलेका छन् भने लस पालमसले भिल्लारियललाई २–१ ले हराएको छ । त्यसैगरी अल्भास र रियल बेटिसले एक –एक गोलको बराबरी खेलेका छन् । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया