कार्यकर्ता हत्याकाे विराेधमा कांग्रेसद्वारा सर्लाही बन्द

 कात्तिक १८, २०७५ आइतबार १०:२२:० | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – नेपाली कांग्रेसले अाइतबार  सर्लाही सदरमुकामसहित मुख्य व्यापारी केन्द्रको  बजार बन्द गराएको छ । 

कार्तिक १३ गते रामनगर बहुर्वा- ४ मा  नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर स्थानीय  कांग्रेस कार्यकर्ता विलास महतोको ज्यान गएपछि कांग्रेसले हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै आन्दोलन कार्यक्रम  घोषणा गरेको हो । 

कांग्रेस कार्यकर्ताले आइतबार बिहानैदेखि हत्याको विरोधमा  ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । दोषीलाई पक्राउ गरेर  कानुनी कार्वाही नगरेसम्म मृतकको शव नबुझ्ने कांग्रेस नेता अम्रेशकुमार सिहले जानकारी दिनुभयो ।

नेकपाका जिल्ला संयोजक रेवती पन्तले आफ्नो कार्यकर्ताले महतोको हत्या नगरेको दावी गर्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया