युक्रेन र इजरायललाई ८७ अर्ब डलर सहयोग दिने प्रस्ताव अमेरिकी स...
बैशाख ८, २०८१ शनिबार
कञ्चनपुर – सरकारले अपराधि पत्ता लगाउन ढिलासुस्ती गरेको भन्दै निर्मलाको परिवारले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।
आइतबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै निर्मलाको परिवारले सरकारले घटनाको १ सय २ दिन वितिसक्दा पनि अपराधि पक्ता नलागेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै निर्मलाका बुवा यज्ञराज पन्तले सरकारले २५ गतेसम्म अपराधिलाई पत्ता नलगाए आफूहरु चरणबद्ध आन्दोलनमा जाने बताउनुभयो ।
उहाँले यतिका दिनसम्म अपराधि पत्ता नलाउनेतर्फ सरकारले वास्ता नगरेको भन्दै छोरीको न्यायका लागि आफूहरु तिहारपछि आन्दोलनमा जाने बताउनुभयो ।
उहाँले आन्दोलनको पहिलो चरणअन्र्तगत जिल्ला प्रशासन कार्यालयको गेट अगाडि परिवारसहित धर्नामा बस्ने र त्यसको पनि सुनुवाई नभए आसनमा बस्ने बताउनुभयो ।
सरकारले आफूहरुको मागको वेवास्ता गरेको बताउदै उहाँले आरोप लगाउनुभएको छ ।