विश्वकप क्रिकेटमा न्युजिल्यान्डले बङ्गलादेशलाई ८ विकेटले हरायो

 असोज २७, २०८० शनिबार ६:२३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले बङ्गलादेशलाई ८ विकेटले हराएको छ । न्युजिल्यान्डको यो लगातार तेस्रो जित हो ।

न्युजिल्यान्ड अङ्कतालिकाको शीर्ष स्थानमा रहेको छ । जितका लागि २ सय ४६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४२ ओभर ५ बलमा २ विकेट गुमाउँदै भेट्टायो ।

न्युजिल्यान्डका डर्याल मिचेल ८९ रनमा अविजित रहे । कप्तान केन विलियम्सन ७८ रनमा रिटायर्ड आउट भए । डेभन कन्वे ४५ र रचिन रविन्द्र ९ रनमा आउट भए । ग्लेन फिलिप्स १६ रनमा अविजित रहे ।

बङ्गलादेशका सकिब अल हसन र मुश्ताफिजुर रहमानले एक/एक विकेट लिए । त्यसअघि चेन्नईमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो । बङ्गलादेशका मुश्फिकुर रहिमले सर्वाधिक ६६ रन बनाए ।

कप्तान सकिब अल हसन ४० रनमा आउट भए । महमुदुल्लाह रियाद ४१ रनमा अविजित रहे । न्युजिल्यान्डका लोकी फर्गुसनले ३ विकेट लिए । ट्रेन्ट बोल्ट र म्याट हेनरीले समान दुई/दुई विकेट लिए । न्युजिल्यान्डले पहिलो खेलमा इङ्ल्यान्डलाई र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया