राष्ट्रिय गौरवतर्फका सडक आयोजनामा थप प्रगतिको अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - कोशी प्रदेशको मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको आज सनाखत हुँदैछ । मुख्यमन्त्रीका लागि ४७/४७ सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि अहिले बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुख पर्शुराम खापुङले सनाखत गर्न लाग्नुभएको हो ।
दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रकासाथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा तोकिएको समयमा उपस्थित हुन आग्रह गरिएको छ ।
गठबन्धनका तर्फबाट इन्द्रबहादुर आङ्बो र एमालेको समर्थनमा कांग्रेसका डा. शेखर कोइराला समूहका केदार कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न ४७–४७ जना सदस्यको समर्थन रहेको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न हिजो बेलुकी ५ बजेसम्मको समय दिनुभएको थियो । हिजो केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने माग राख्दै समर्थन गरेका सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।
कोशीमा विकसित राजनीतिक घटनाक्रम आफूअनुकूल बनाउन मुख्यमन्त्री दाबी गर्ने दुवै पक्ष दौडधुपमा व्यस्त छन् । कांग्रेस नेता डा. शेखर कोइरालालाई फकाउन गठबन्धनका नेताहरु लागेका छन् । मुख्यमन्त्रीमा एमालेको समर्थन त्यागेमा कांग्रेसका कार्कीलाई अघि बढाउन सकिने गठबन्धनको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग भएको सहमति तोड्न आग्रह गरे पनि कोइरालाले अस्वीकार गर्नुभएको छ । कोइरालालाई फकाउने प्रयास असफल भएपछि हिजो बसेको कांग्रेस कार्यसम्पादन बैठकले कुनै निर्णय गर्न सकेन । बैठक आज पनि बस्ने तयारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।