विश्व कप क्रिकेटमा अफगानिस्तानको ऐतिहासिक जित, इङ्ल्यान्ड ६९ रनले पराजित

 असोज २९, २०८० सोमबार ६:२४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ । गएराति सकिएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ल्यान्डलाई ६९ रनले हराएको हो । अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप विजेता इङ्ल्यान्डलाई हराएको हो ।

जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४० ओभर ३ बलमा २ सय १५ रनमै अल आउट भयो । इङ्ल्यान्डका ह्यारी ब्रुकले सर्वाधिक ६६ रन बनाए । उनीबाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । डेविड मलानले ३२, अदिल रशिदले २०, मार्क वुडले १८ र रिषी तोप्लेले १५ रन बनाए ।

अफगानिस्तानले इङ्ल्यान्डलाई शुरुवातदेखि नै दबाबमा राखेको थियो । अफगानिस्तानका मुजिब उर रहमान र रशिद खानले समान ३–३ विकेट लिए ।

यस्तै, मोहम्मद नाबीले २ तथा फजलहक फारुकी र नविन उल हकले एक/एक विकेट लिए । त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले  निर्धारित ओभरमा १ बल बाँकी छँदा २ सय ८४ रनमा अलआउट भएको थियो ।

ओपनर रहमानुल्लाह गुरबाजले ८० रन बनाए भने इकरम अलिखिलले ५८ रन बनाए । मुजिब उल रहमान र इब्राहम जर्दानले समान २८ रन जोडे ।  अन्यको प्रर्दशन खासै उल्लेख्य रहन सकेन । इङ्ल्यान्डका आदिल रसिदले सर्वाधिक ३ तथा मार्क उडले २ विकेट लिए ।

जोए रुट, लियाम लिबिङस्टोन र रिषी ताेप्लेले समान एक/एक विकेट लिए । अफगानिस्तानले अब पर्सि बुधवार न्युजिल्यान्डसँग खेल्नेछ । इङ्ल्यान्डले शनिवार दक्षिण अफ्रिकासँग खेल्नेछ ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया