गाजा क्षेत्रको एक अस्पतालमा हवाई आक्रमण, सयौँ प्यालेस्टाइनी नागरिकको ज्यान गएको आशंका

 कात्तिक १, २०८० बुधबार ६:५३:२१ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – गाजा क्षेत्रको एक अस्पतालमा हवाई आक्रमण भएको छ । आक्रमणमा सयौँ प्यालेस्टाइनी नागरिकको ज्यान गएको अनुमान गरिएको छ । यकिन जानकारी आएको छैन । अस्पलातमा घाइते भएकाहरुको तस्बिर भने सार्वजनिक भएका छन् । प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलले गाजापट्टीको अल– अहली अरब अस्पतालमा हवाई आक्रमण गरेको दाबी गरेको छ । तर, इजरायलले भने यो आरोपको खण्डन गरेको छ ।

हमासले प्रहार गरेको रकेट असफल हुँदा यस्तो घटना भएको इजरायलले प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले यो आक्रमण इजरायलले गरेको पुष्टि भए सन् २००८ पछिकै सबै भन्दा घातक आक्रमण हुने जनाएको छ । इजरायल र हमासबीच युद्ध शुरु भएपछि गाजाका धेरैजसोले अस्पताललाई आश्रयस्थल बनाएका छन् ।

विश्व स्वास्थ्य संगठनले अस्पतालमा भएको आक्रमणको भत्सर्ना गरेको छ । यसैबीच, युद्ध जारी रहेकै बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले आज इजरायल भ्रमण गर्दै हुनुहुन्छ । बाइडेनले हमासले बन्धक बनाएका स्वदेशी र विदेशी नागरिकहरुको रिहाइको प्रयास गर्ने जनाइएको छ । इजरायल र हमसबीचको युद्धका कारण अहिलेसम्म दुवैतर्फ गरी ४ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया