आफ्ना नागरिकलाई जतिसक्दो छिटो लेबनान छोड्न अमेरिका र बेलायतको आग्रह

 कात्तिक ३, २०८० शुक्रबार ७:९:४९ | एजेन्सी
unn.prixa.net

अमेरिका र बेलायतले आफ्ना नागरिकलाई जतिसक्दो छिटो लेबनान छोड्न आग्रह गरेका छन् ।

ट्राभल एडभाइजरी जारी गर्दै अमेरिका र बेलायतले लेबनानको राजधानी बेरुतमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट निस्कन भनेका हुन् ।  साथै अमेरिकाले असुरक्षा बढेको भन्दै विश्वभर रहेका आफ्ना नागरिकका लागि सुरक्षा सतर्कता जारी गरेको छ ।

प्यालेस्टाइनी विद्रोही समूह हमास र इजरायलबीच भइरहेको युद्ध तथा हिजबुल्लाहसँग पनि तनाव बढिरहेकाले अमेरिका र बेलायतले लेबनान छोड्न आफ्ना नागरिकलाई भनेका बीबीसीले जनाएको छ । यी दुई देशले आफ्ना नागरिकलाई लेबनानको यात्रा नगर्न पनि चेतावनी दिएका छन् ।

अमेरिकाले हमाससँगको युद्धका क्रममा इजरायलाई साथ दिने जनाएको छ भने हिजबुल्लाहले हमासलाई समर्थन गरेको छ । लेबनानबाट आफ्ना नागरिकको उद्धार गर्न तयारी भएको पनि अमेरिकाले जनाएको छ भने बेलायतले व्यवसायी उडान भइरहेका बेलामा नै लेबनानबाट बाहिरिन भनेको छ । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया