विश्वकप क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हरायो

 कात्तिक ४, २०८० शनिबार ५:५८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको छ ।  चलिरहेको विश्वकप क्रिकेटमा अस्ट्रेलियाको दोस्रो जित र पाकिस्तानको दोस्रो हार हो ।

अस्ट्रेलियाले दिएको तीन सय ६८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५ ओभर ३ बलमा सबै विकेट विकेट गुमाएर तीन सय पाँच रन मात्रै बनायो । पहिलो विकेटका लागि अब्दुल्लाह सफिक र इमाम उल हकले एक सय ३४ रनको साझेदारी गरे ।

अस्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक ४ विकेट लिए । त्यसअघि बेङ्गलुरुको चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर तीन सय ६७ रन बनाएको थियो।

अस्ट्रेलियाका डेभिड वार्नरले १ सय ६३ र मिचेल मार्शले १ सय २१ रन बनाए । यी दुईले पहिलो विकेटका लागि २ सय ५९ रनको साझेदारी गरे । पाकिस्तानका लागि साहिन साह अफ्रिदीले सर्वाधिक ५ विकेट लिए ।    

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया