दशैँको टीकासम्म नै पानी पर्ने सम्भावना छैन : मौसमविद्

 कात्तिक ४, २०८० शनिबार ७:११:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -‍ यसपालिको दशैँ घमाइलो हुने भएको छ । दशैँकाे टीकासम्म नै खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजदेखि टीकाको दिन मङ्गलवारसम्मकै मौसम सामान्यतया सफा हुने देखिएको छ । तर, यसबीचमा पहाडी क्षेत्रका एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । केही ठाउँमा दिउँसो बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

जाडोयाम शुरु भइसकेकाले चिसो भने बिस्तारै बढ्दै छ ।  बिहान बेलुका चिसो भए पनि दिउँसो भने गर्मी नै छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया