‍अन्तरिक्षमा भारतको महत्त्वाकाङ्क्षी मानव मिसन ‘गगनयान’ को सफल प्रक्षेपण

 कात्तिक ५, २०८० आइतबार ७:७:७ | एजेन्सी
unn.prixa.net

अन्तरिक्षमा भारतको पहिलो मानव मिसन ‘गगनयान’ को परीक्षण उडान सफलतापूर्वक प्रक्षेपण गरिएको छ । यो परीक्षणले रकेटमा कुनै खराबी भएमा चालक दलका सदस्य कसरी बाँच्नेछन् भन्ने कुरा पत्ता लगाउने भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरोले जनाएको छ ।

परीक्षण उडान सफल भएपछि अर्को वर्ष अन्तरिक्षमा रोबोट पठाउनेलगायत कार्यका लागि मार्ग प्रशस्त गर्ने बीबीसी हिन्दीले जनाएको छ । इसरोले यस्तै किसिमका तीन वटा परीक्षण गरेपछि मानिससहितको यान अन्तरिक्षमा पठाउने तयारी गरेको छ ।

तीन वटा परीक्षण सफल भएपछि तीन जना अन्तरिक्ष यात्रीलाई पृथ्वीको तल्लो कक्षमा लैजाने मानवयुक्त मिसन पठाइने इसरोले जनाएको छ । गएको हप्ता मात्र भारत सरकारले सन् २०२५ मा अन्तरिक्षमा मानव मिसन पठाउन सकिने घोषणा गरेको थियो ।

झण्डै ९० अर्ब रुपैयाँको लागत रहेको गगनयान परियोजना अन्तर्गत अन्तरिक्ष यात्रीहरुलाई पृथ्वीको चार सय किलोमिटरको कक्षमा पठाउने र तीन दिनपछि पुनः पृथ्वीमा अवतरण गर्ने लक्ष्य रहेको इसरोले जनाएको छ। 
 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया