तालिबानको सत्ता कब्जापछि अफगानिस्तानबाट भागेर छिमेकी देशमा पुगेकाहरु धमाधम फर्कँदै

 कात्तिक ६, २०८० सोमबार ७:५६:५७ | एजेन्सी
unn.prixa.net

अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जा गरेपछि भागेर पाकिस्तान गएका शरणार्थी मध्ये झण्डै १२ हजार जना घर फर्किएका छन् ।

पाकिस्तानले एक महिनाअघि अवैध रुपमा बसिरहेका अफगानी शरणार्थीहरुलाई आफ्दो देश फर्कन निर्देशन दिएपछि शरणार्थीहरु घर फर्कने क्रम चलिरहेको छ ।

दक्षिण अफगानिस्तानको कान्दाहार प्रान्तमा शरणार्थी तथा स्वदेश फिर्ता निर्देशनालयका उपप्रमुख मोमिन आगाले हरेक हप्ता औसत आठ सय २० परिवारका चार हजारभन्दा बढी व्यक्ति पाकिस्तानबाट स्वदेश फर्किएका बताउनुभयो । २५ लाख जनाभन्दा बढी अफगान शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् ।

झण्डै २५ लाखकै सङ्ख्यामा अफगानी शरणार्थी इरानमा आश्रय लिरहेका छन् । पछिल्लो एक वर्षमा छिमेकी देश पाकिस्तान र इरानबाट दुई लाखभन्दा बढी अफगान शरणार्थी आफ्नो मातृभूमि फर्किएका छन् । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया