नेभिगेशन
बिहीबार, कात्तिक २६, २०८३

काठमाण्डौको नयाँ बजारमा करेन्ट लागेर एक महिलाको ज्यान गयाे

काठमाण्डाै - काठमाण्डौको नयाँ बजारमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

प्रहरीका अनुसार काठमाण्डाै महानगरपालिका-१६ नयाँबजार डेरा गरी बस्ने बारा मधुवन नगरपालिका-१ घर भएकी ३४ वर्षीया लिलावती चौघरीको करेन्ट लागेर ज्यान गएको हो ।

नयाँबजारमा रहेको आफ्नै होटलमा फ्रिज चलाउने क्रममा हिजो करेन्ट लागेर गम्भीर घाइते भएकी उहाँको शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
थप समाज