विश्व कप क्रिकेटमा अफगानिस्तानसँग पाकिस्तान ८ विकेटले पराजित

 कात्तिक ७, २०८० मंगलबार ६:३५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व कप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई हराएको छ । गएराति चेन्नईमा सकिएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हरायो ।

पाकिस्तानले दिएको २ सय ८३ रनको लक्ष्य अफगानिस्तानले एक ओभर बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो । उसका लागि इब्राहिम जद्रानले ८७, रहमानुल्लाह गुर्बाजले ६५ तथा रहमत शाहले ७७ र हस्मतुल्लाह शाहिदीले नटआउट ४८ रन बनाए । पाकिस्तानका शाहिन शाह अफ्रिदी र हसन अलीले एक/एक विकेट लिए ।

अफगानिस्तानले एकदिवसीयमा पाकिस्तानलाई हराएको यो पहिलो पटक हो । अहिलेसम्म भएका ७ वटा एकदिवसीयमा सबैमा पाकिस्तान विजयी भएको थियो । यस्तै, अफगानिस्तानले एकदिवसीयमा २ सय ८० रनभन्दा माथिको लक्ष्य पछ्याएर जितेको पनि पहिलो पटक नै हो ।  

हिजो टस जितेर ब्याटिङ रोजेको पाकिस्तानका लागि कप्तान बाबर आजमले ७४ र अब्दुल्लाह सफिकले ५८ रन बनाए । अफगानिस्तानका नुर अहमदले तीन र नवीन उल हकले दुई विकेट लिए । हिजोको जितसँगै पाँच खेलमा ४ अङ्ककासाथ अफगानिस्तान तालिकाको छैटाैँ स्थानमा उक्लिएको छ । समान खेलमा ४ अङ्क नै भए पनि पाकिस्तान रन रेटका आधारमा पाँचौँ स्थानमा छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया