राष्ट्रपति पौडेलले भाउजु विष्णुमाया पौडेलको हातबाट टीका लगाउने

 कात्तिक ७, २०८० मंगलबार ७:४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजु विष्णुमाया पौडेलको हातबाट यसवर्षको दशैँको टीका लगाउँदै हुनुहुन्छ ।

पौडेलले बिहान ११ बजेर २ मिनेटको साइतमा भाउजु विष्णुमायाको हातबाट टीका–जमरा र आशीर्वाद लिनुहुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । त्यसपछि परिवारका सदस्यहरूलाई टीका लगाइदिने कार्यक्रम छ । विजया दशमीको दिन राष्ट्रपतिले सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका लगाइदिने कार्यक्रम पनि छ ।

शीतल निवासमा दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ देखि ५ बजेसम्म अन्य सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ । सचिवालयलका अनुसार सर्वसाधारणलाई टीका लगाउन राष्ट्रपति भवनको मूल ढोकामा सहजरूपमा प्रवेशको व्यवस्था गरिनेछ । टीका ग्रहणका लागि मर्यादित पोसाकमा आउन शीतल निवासको अनुरोध छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया