दोलखाको ओराङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, ६ जना घाइते

 कात्तिक ७, २०८० मंगलबार ७:२१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दोलखाको बिगु गाउँपालिका–२ ओराङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

बा १४ च ८९३४ नम्बरको जीप दुर्घटना हुँदा बिगु–२ ओराङकी चिनीमाया तामाङ र बालमायी तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये एक जना सिंगटीमा उपचारपछि डिस्चार्ज भएका र अरु ५ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्काले जानकारी दिनुभयो ।

जीप कच्ची बाटोमा घुम्ती काट्ने क्रममा हिजो बेलुका दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया