मकवानपुरकाे भीमफेदीमा स्कुटर दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, एक जना घाइते

 कात्तिक ९, २०८० बिहिबार ७:४३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - काठमाण्डाै-कुलेखानी-हेटौँडा सडक खण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।

काठमाण्डाैबाट हेटौँडाका लागि छुटेकाे ०२–०२७–प ४८४२ नम्बरको स्कुटर हिजाे बुधवार दुर्घटना हुँदा काठमाण्डाै महानगरपालिका–२७ बस्ने ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको ज्यान गएकाे हाे ।

दुर्घटनामा उहाँका श्रीमान् ६५ वर्षका शशीराज पाण्डे घाइते हुनुभएकाे छ । उहाँकाे  हेटौँडा अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयाे । 

जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भइ सडकबाट तल खसेको थियो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया