उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – लामो समयदेखि रोकिएको स्वदेश फिर्ता योजनाअन्तर्गत रोहिङ्ग्या शरणार्थीहरूलाई भेट्न म्यान्मारका अधिकारीहरू बंगलादेश पुगेका छन् । बंगलादेशमा झण्डै दश लाख रोहिङ्ग्या शरणार्थीहरू छन् । उनीहरुमध्ये धेरैजसो सन् २०१७ मा म्यान्मारको सेनाको हिंसात्मक कारबाहीपछि भागेका हुन् ।
राज्यविहीन र उत्पीडित अल्पसङ्ख्यक रोहिङ्ग्या शरणार्थी भिडभाड, खतरनाक र कम स्रोतसाधन भएका उद्धार शिविरमा बसेका छन् । उनीहरूको स्वदेश फिर्तीका लागि पछिल्ला थुप्रै प्रयास भए पनि सफल भइरहेको छैन ।
म्यान्मारले अप्रिलमा बंगलादेश र चीनबीच त्रिपक्षीय बैठकमा स्वदेश फिर्ता योजनाअन्गर्तत डिसेम्बरसम्ममा तीन हजार शरणार्थीलाई फिर्ता लैजाने योजना बनाएको एएफपीले जनाएको छ ।
म्यानमारले उनीहरुलाई फिर्ता लैजान चाहे पनि यस अघिको त्रासदीपूर्ण घटनाका कारण शरणार्थीहरु अहिलेकै अवस्थामा म्यानमार जान तयार नभएका बंगलादेशका अधिकारीहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।