पीपीएल फाइनल : चितवनले दियाे पाेखरालाई १६१ रनकाे लक्ष्य

 कात्तिक २०, २०७५ मंगलबार १३:०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

पोखरा प्रिमियर लिगको फाइनलमा पोखरा पल्टनले चितवन राइनोजबाट एक सय ६१ रनको लक्ष्य पाएको छ ।

दर्शकले खचाखच भएको फाइनलमा पोखराले टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ६० रन बनायो । चितवनले नौ रनमा पहिलो विकेट गुमायो । हरिशंकर शाह आठ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्काले अनिल शाहसँग उत्कृष्ट साझेदारी गर्दै टिमको पारी सम्हाले ।

यो प्रतियोगितामा खासै राम्रो लयमा नदेखिएको पारसले फाइनलमा भने कप्तानी पारी खेले । उनले चितवन विरुद्ध ५० रन बनाउदै प्रतियोगितामा पहिलो अर्धसतक बनाए । उनको यो अर्धसतकसँगै जारी प्रतियोगितामा अर्धसतक सख्या २१ पुगेको छ । उनले ३६ बलमा नौ चौका प्रहार गरे । उनले दोस्रो विकेटका लागि अनिलसँग ७६ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । तर पारस ५१ रनमा आउट हुँदा चितवनले ८५ रनमा दोस्रो विकेट गुमायो ।

तेस्रो विकेटका लागि पनि सन्नी पटेल र अनील शाहले ५० रनको साझेदारी गरेपछि चितवन बलियो स्थितीमा पुग्यो । तर उसको स्कोर एक सय ३५ रन हुदा तेस्रो विकेट झर्‍याे । अनिलले ३८ बलमा ३७ रन बनाए । जसमा तीन चौका र एक छक्का प्रहार गरे । आजपनि भारतीय खेलाडी सन्नी पटेलले उत्कृष्ट ब्याटिङ गरे ।

इलिमिनेटर राउण्डमा पनि अर्धशतक बनाउदै टिमलाई फाइनलमा पुर्‍याएका उनले आज पनि ४३ रन बनाए । जसमा उनले बलमा तीन चौका र चार छक्का प्रहार गरे । जसका कारण चितवनले एक सय ५७ रनमा चौथो विकेट गुमायो । यस्तै आरिफ शेखले १४ रन बनाए ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया