प्रिमियर लिगमा चेल्सी र सिटीको बराबरी, लिभरपुलले ब्रेन्टफोर्डलाई हरायो

 कात्तिक २७, २०८० सोमबार ७:२१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । स्टामफोर्ड ब्रिजमा चेल्सी र सिटीले ४–४ गोलको बराबरी खेलेका हुन् ।

बराबरीसँगै शीर्ष स्थानको सिटीको १२ खेलबाट २८ अङ्क भएको छ । चेल्सी १६ अङ्ककासाथ तालिकाको दशौँ स्थानमा छ । अर्को खेलमा लिभरपुल विजयी भएको छ । उसले ब्रेन्टफोर्डलाई ३–० गोलले हराएको हो ।

अरु खेलमा वेस्ट ह्यामले नटिङ्घम फरेस्टलाई ३–२ गोलले र एस्टभिल्लाले फूलहमलाई ३–१ गोलले हरायो । ब्राइटन र सेफिल्ड युनाइटेडले एक/एक गोलको बराबरी खेलेका छन् ।
  
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया