खोटाङको धितुङमा बिजुली सर्ट भएर घर जल्यो : २५ लाख रुपैयाँ बराबरको क्षति

 कात्तिक २७, २०८० सोमबार ७:२९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

खाेटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ बुलागैरीका भीमबहादुर कट्वालको घर जलेको छ ।

लक्ष्मी पूजाको दिन हिजो मिटर बक्सबाट विद्युत् सर्ट भएर घरमा आगलागी भएको हो । आगलागीबाट २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

मिटरबक्स नजिकै बलिरहेको बत्ती एक्कासी पड्किएर बिजुली सर्ट हुँदा तीन तले घर तथा घरमा भएका सामग्री जलेको छिमेकी गणेश कार्कीले जानकारी दिनुभयो ।

आगलागीबाट घर जलेपछि कट्वालको ७ जनाको परिवार विस्थापित भएको छ ।
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया