एभरेस्ट ट्रेल रेसको ११ औँ संस्करण शुरु

 कात्तिक २७, २०८० सोमबार १५:१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  नेपाली साहसिक पर्यटकीय गतिविधिको विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले एभरेस्ट ट्रेल रेसको ११ औँ संस्करण शुरु भएको छ । कुल एक सय ७५ किलोमिटर लामो यो दौडमा १० देशका २९ जना धावक सहभागी छन् । १० जना महिला र १९ जना पुरुषमध्ये एक महिला र एक पुरुष नेपाली रहेका छन् ।

पर्यटन वर्ष २०११ देखि एभरेस्ट ट्रेल रेस शुरु भएको हो । अन्नपूर्ण ट्रेक्स एन्ड एक्पिसडिशन र स्पेनको ग्रन्स स्पाइस नामक कम्पनीले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दै आएका छन् । छ दिनसम्म चल्ने दौडमा निर्धारित एक सय ७५ किलोमिटर दुरीमध्ये ३३ किलोमिटर दुरी उकालो–ओरालो मात्रै रहेको छ । निर्धारित दुरी धावकले २० देखि २१ घण्टामा पूरा गर्ने यसअघिको अनुभव छ ।

प्रतियोगितामा पहिलो हुनेले दुई लाख, दोस्रो हुनेले डेढ लाख र तेस्रो हुनेले एक लाख रुपैयाँ प्राप्त गर्ने अन्नपूर्ण ट्रेक्स एन्ड एक्पिसडिशन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पाले जानकारी दिनुभयाे ।

सोलुखुम्बुको पत्ताले धापबाट शुरु भएको दौड पिके डाँडा, जुनबेसी, थुप्तेनछोलिङ, रिङमु, टाक्सिन्दु, खरीखोला, फाक्दिङ, नाम्चे हुँदै फोर्चे पुगेर त्यहाँबाट खुम्जुङ हुँदै नाम्चेबाट लुक्लामा झरेर सकिन्छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया