भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा छैन तिहारको रौनक

 कात्तिक २८, २०८० मंगलबार ७:८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशका धेरैजसो ठाउँमा तिहारको रमझम छ । देउसीभैलोले वातावरण रमाइलो बनाइरहेको छ । तर भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमा भने न देउसीभैलोको रौनक छ न तिहारको रमझम ।

चिसो सिरेठोमा खुला आकाशमुनि पालको भरमा बसिरहेका भूकम्प पीडितले कष्टकर दैनिकी बिताइरहेका छन् । भूकम्पले मानवीय तथा भौतिक क्षति सहनुपरेका दुवै जिल्लाका नागरिक दीपावली मनाउने अवस्थामा छैनन् । जाडोको समयमा खुला आकाशमुनिको बासले उनीहरूलाई रात कटाउन निकै धौ–धौ छ ।

भूकम्पले जाजरकोटको भेरी र नलगाड, रुकुमपश्चिमका आठबीसकोट र सानीभेरी नगरपालिका ठूलो क्षति भयो। कर्णाली प्रदेश सरकारका अनुसार भूकम्पबाट मात्रै जाजरकोटमा झण्डै ५५ हजार र प्रदेशभरि झण्डै ६५ हजार घरधुरी विस्थापित भएका छन्। विस्थापित सबैको बास भनेकै पालमुनि हो ।

दशैँ घरमा मनाएका उनीहरु भूकम्प आउने डरले चिसो भए पनि पालमुनि बस्न बाध्य छन् ।  भूकम्पपीडितले लक्ष्मी पूजाको दिन अस्ति आइतवार पालमुनि नै दीप प्रज्वलन गरेर लक्ष्मीको पूजा गरे । तिहारको रौनक चलिरहँदा भूकम्पीडितलाई रातिको चिसो कसरी छल्ने भन्ने कुराले पिरोल्न थालेको जाजरकोट कुशे गाउँपालिकाका कालीबहादुर सिंहले बताउनुभयो ।

भूकम्पबाट बास खोसिएकाको जीवनरक्षाका लागि सरकारले जतिसक्दो छिटो पुनःस्थापना तथा पुनःनिर्माणका काम थालिदिएको भए आफ्नो लागि सबैभन्दा ठूलो तिहार त्यही हुने भूकम्प प्रभावितको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया