उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – चालू आर्थिक वर्षको तीन महिनामा डेढ अर्ब रुपैयाँ भन्दा धेरैको भाइ मसला विभिन्न देशबाट आयात भएको छ । दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई (नरिवल, काजु, बदाम, ओखर, किसमिस, पिस्ता) लगायतका भाइ मसला दिने प्रचलन रहेको छ ।
पछिल्ला वर्षमा यसको आयात बढ्दै गएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । साउन, भदौ र असोजमा एक अर्ब ५० करोड ३४ लाख रुपैयाँको भाइमसला आयात भएको छ । यो गएको वर्षको तुलनामा ३४ करोड रुपैयाँले धेरै हो । सबैभन्दा धेरै नरिवलको आयात भएको छ । तीन महिनामा ३१ करोड रुपैयाँ बराबरको नरिवल आयात भएको हो ।
भाइमसलाको रुपमा प्रयोग हुने ओखर ७६ करोड रुपैयाँ बराबरको आयात भएको छ । गतवर्षको तुलनामा यस वर्ष काजुको आयात भने घटेको छ । गतवर्ष ३० करोड रुपैयाँको काजु आयात भएकोमा यसवर्ष १३ करोड रुपैयाँ बराबरको मात्र काजु आयात भएको तथ्याङ्क छ ।
भाइमसलाको रुपमा प्रयोग हुने बदामको आयात केही बढेको छ । तीन महिनामा १९ करोड रुपैयाँ बराबरको बदाम आयात भएको छ । यस्तै, नौ करोड रुपैयाँको किसमिस र पाँच लाख रुपैयाँ बराबरको पिस्ता आयात भएको विभागले जनाएको छ । सुपारीमा आयात प्रतिबन्ध लगाएकाले यसपालि सुपारी आयात भएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।