इजरायल र हमासबीच बन्धक सम्झौता गर्ने तयारी अन्तिम चरणमा

 मंसिर ४, २०८० सोमबार ६:५५:४३ | एजेन्सी
unn.prixa.net

प्यालेष्टिनी लडाकु समूह हमासले गएको असोज २० गते इजरायलमाथि गरेको आक्रमणमा बन्धक बनाएकाहरुलाई मुक्त गर्ने सम्झौता हस्ताक्षरको अन्तिम चरणमा पुगेको छ ।

कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले अब ‘सामान्य’ र व्यावहारिक कठिनाइका कारण मात्रै बाँकी रहेकाे बताउनुभएको एएफपीले जनाएको छ ।

युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलसँगको संयुक्त पत्रकार सम्मेलनमा अल थानीले वार्तामा बाँकी रहेका चुनौतीहरू ठूला नभइ साना रहेका र अब चाँडै सहमति हुने बताउनुभयो । कतारले अस्थायी युद्धविरामको बदलामा दुई सय ४० बन्धकमध्ये केहीलाई मुक्त गर्ने उद्देश्यले मध्यस्थता वार्तामा सहयोग गरेको छ ।

सम्झौताले बन्धकहरूलाई सुरक्षित रूपमा उनीहरूको घर फिर्ता ल्याउन सक्ने थानीले बताउनुभयो । हमासले बन्धक बनाएकामध्ये धेरैजसो इजरायली नागरिक हुन् भने केही विदेशी पर्यटक, विद्यार्थी र कामदारसमेत छन् ।

वार्तामा कम्तीमा पाँच दिन युद्ध पूर्ण रुपमा रोकेर एक आपसका बन्धकहरु फिर्ता गर्ने सहमतिको अन्तिम चरणमा पुगेको बताइएको एएफपीले जनाएको छ।  

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया