परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - इजरायल र हमास समूहबीच आजदेखि लागू हुने युद्धविराममा नेपालले विपिन जोशीको रिहाइका लागि पहल थालेको छ । चार दिने युद्धविरामकै क्रममा विपिनको रिहाइका लागि सरकारले पहल थालेको हो ।
इजरायलले हमास समूहविरुद्धको युद्ध चार दिनका लागि रोकेको छ र युद्धविराम आजैदेखि लागू हुँदैछ । यस अवधिमा हमासले बन्धक बनाएका ५० जनालाई रिहा गर्ने सहमति भएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा रहेको इजरायली राजदूत हनान गोदेरलाई भेटेर युद्धविरामको यस अवधिमै विपिनको रिहाइका लागि पहल गरिदिन अनुरोध गर्नुभएको छ । हिजो मन्त्रालयमा भएको भेटमा उहाँले चार दिने युद्धविरामको क्रममा जोशीको उद्धारका लागि पहल गरिदिन अनुरोध गर्नुभएको हो ।
जवाफमा राजदूत गोदेरले यसलाई इजरायल सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । गएको असोज २० गते हमासले इजरायलमा आक्रमण गर्ने क्रममा विपिनलाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । अहिलेसम्म उहाँको अवस्था थाहा हुन सकेको छैन । इजरायली सेनाले भने गाजामा रहेको एक अस्पतालमा विपिन सुरक्षित रहेको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।