न्यूजिल्याण्डले पाकिस्तानलाई ४७ रनले हरायो

 कात्तिक २२, २०७५ बिहिबार १०:१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानविरुद्धको पहिलो एक दिवसिय क्रिकेटमा न्यूजिल्याण्ड विजयी भएको छ ।

२६७ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा २१९ रनमा समेटिएपछि न्यूजिल्याण्ड ४७ रनले विजयी भएको हो ।

पाकिस्तानले ८ रन हुँदा लगातार तीन विकेट गुमाएपछि दवावमा आएको थियो । जसमा न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले ह्याट्रिक गर्दै पाकिस्तानलाई पछाडि धकेलेका थिए । २.२ ओभरमा फकर जमामलाई बोल्ड गरेका बोल्टले त्यसपछिको बलमा बाबर आजमलाई सिकार बनाए ।

बाबर योर्कर बलको सिकार हुँदै स्लिपमा रोस टेलरले लिएको क्याचलाई टिभी एम्पाएरले आउट करार गरेका थिए । त्यसपछिको बलमा ह्याट्रिक लिँदा बोल्टले मोहम्मद हफिजलाई एलबी डब्लूको धरापमा पारेका थिए ।

एम्पाएरले पहिला आउट दिए पनि पछि चौथो एम्पाएरको साहारामा आउट दिएका थिए । त्यसपछि सोयब मलिक र इमामुल हकका बीचमा ६३ रनको साझोदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए ।

इमामुल हक ३४ रनमा आउट भएको केही बेरमै सोयब मलिक ३० रनमा पेभेलियन फर्केपछि फेरि पाकिस्तान दवावमा आएको थियो । ८५ रनु हँुदा ६ विकेट गुमाएको पाकिस्तानका लागि इमाम वासिद र सर्फराज अहमदले १०३ रनको साझेदारी गर्दै झिनो आसा कायमै राखेका थिए । सर्फराज ६४ र इमाम ५० रनमा आउट भएपछि पाकिस्तानको सम्भावना सकिएको थियो । 

पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले ९ विकेटको नोक्सानीमा २६६ रन बनाएको थियो । उसका लागि रस टेलरले ० रन जोडेका थिए । टम लाथमले ६ रन बनाए । सहेन्सा अफ्रिदीले पाकिस्तानका लागि ४ विकेट लिएका थिए । न्यूजिल्याण्ड पाकिस्तानको होम ग्राउण्ड दुवईमा ३ एक दिवसीय र ३ टेस्ट खेल्न आएको हो ।

पहिलो एक दिवसिय जितेर १–० को अग्रता बनाएको न्यूजिल्याण्डले दोस्रो एकदिवसिय शुक्रबार हुने छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया